
काठमाडौँ- यू १९ महिला एसिया कपमा नेपाललाई पाकिस्तानले १०५ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ४ रन बनाएको हो। पाकिस्तानका लागि कोमल खानले सर्वाधिक ३८ रन जोडिन्। उनले ४४ बलमा २ चौका प्रहार गरेकी थिइन्।
नेपालले पहिलो ओभरको तेस्रो बलमा विकेट लिए पनि त्यसपछि पाकिस्तानका ब्याटरहरु क्रिजमा जमेपछि नेपालले प्रतिस्पर्धात्मक लक्ष्य पाएको हो। महम अनिसले ३७ बलमा २ चौकाको सहयोगमा २९ तथा रभेल फरहानले १५ बलमा १३ रन जोडिन्।
नेपालका लागि कप्तान पूजा महतोले २ तथा रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १ विकेट आफ्नो नाममा गरे।
प्रकाशित: १ पुष २०८१ १३:३१
प्रतिक्रिया