कर्णालीलाई हराउँदा शीर्षमा सुदूरपश्चिम, यी हुन् प्लेअफ पुगेका टिम

हिमाल प्रेस १ पुष २०८१ १२:१८
कर्णालीलाई हराउँदा शीर्षमा सुदूरपश्चिम, यी हुन् प्लेअफ पुगेका टिम

काठमाडौँ- नेपाल प्रिमियम लिग (एनपीएल)मा कर्णाली याक्सलाई हराउँदै सुदूरपश्चिमले क्वालिफायर खेल्ने भएको छ।

समूह चरणबाट शीर्षमा परेको सुदूरपश्चिमको क्वालिफायरमा भेट जनकपुर बोल्ड्ससँग हुनेछ। लिग चरणको खेलपछि सुदूरपश्चिम ७ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रह्यो।

समान खेलबाट १० अंक जोडेर जनकपुर दोस्रो भयो। सुदूरसँग पराजित भएपनि कर्णाली चौथो हुँदै प्लेअफ पुगेको हो। चितवनले यसअघि नै ७ खेलबाट ८ अंक जोडेर प्लेअफ पुगिसकेको छ।

 

 

प्रकाशित: १ पुष २०८१ १२:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast