तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने एमाले भेलाको संकल्प

हिमाल प्रेस ३० मंसिर २०८१ २१:४३
8
SHARES
तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने एमाले भेलाको संकल्प नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौं– नेकपा (एमाले) को केन्द्रीय संगठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक दुई दिने राष्ट्रिय कार्यशाला छ बुँदे घोषणा गर्दै सम्पन्न भएको छ।

पार्टी केन्द्रीय कार्यालयमा आइतबार सम्पन्न कार्यशालाले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि माघदेखि चैत्रसम्म तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने संकल्प गरेको छ।

देशभरिबाट पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका प्रदेश, जिल्ला जनसंगठन र तोकिएका जनप्रतिनिधिसहित तीन सय जनाको सहभागितामा सम्पन्न भेलाले स्थानीय तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तारसँगै जनतासँग जनसंंगठन अभियान सञ्चालन गर्ने संकल्प गरेको छ।

कार्यशालाले २०८२ सालको पार्टी सदस्यता नवीकरण २०८१ को चैत्र महिनाभित्रै विधिसम्मत र प्रक्रियासम्मत ढंगले सम्पन्न गर्ने सङ्कल्प गरेको हो। यसै वर्षभित्र सम्पूर्ण पार्टी सदस्यलाई अनलाइनमा ल्याउने संकल्प पनि बैठकले गरेको छ।

आगामी चैत महिनासम्म राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न कार्यशालाले पार्टी केन्द्रसँग आग्रह गरेको छ। कार्यशालाले पार्टी र नेतृत्वविरुद्धका षडयन्त्र र कुप्रचारको प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने संकल्प गरेको छ।

कार्यशालामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए। त्यस्तै पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलले पनि कार्यशालालाई सम्बोधन गरेका थिए।

प्रकाशित: ३० मंसिर २०८१ २१:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast