दक्षिण कोरियासँगको अमेरिकी सम्बन्ध थप मजबुत : बाइडेन

हिमाल प्रेस ३० मंसिर २०८१ १५:४८
14
SHARES
दक्षिण कोरियासँगको अमेरिकी सम्बन्ध थप मजबुत : बाइडेन

वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडेनले दक्षिण कोरियासँगको अमेरिकी सम्बन्ध मजबुत रहेको र यो क्षेत्रीय शान्तिका लागि महत्त्वपूर्ण रहेको बताएका छन्।

दक्षिण कोरियाली नेता युन सुक योलविरुद्ध महाभियोग लगाई पदच्युत गरिएपछि कार्यवाहक राष्ट्रपति बनेका प्रधानमन्त्री हान डक सोसँग शनिबार टेलिफोन वार्तामा बाइडेनले दक्षिण कोरिया र अमेरिकाबीच सम्बन्ध मजबुत रहेको र यो आगामी दिनमा अझ प्रगाढ रहने बताएका हुन्।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रपति बाइडनले कार्यवाहक राष्ट्रपति हानको कार्यकालमा हिन्द-प्रशान्त क्षेत्रमा शान्ति र समृद्धिका लागि गठबन्धन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ।’

दक्षिण कोरियाका सांसदहरूले शनिबार युनमाथि महाभियोग लगाउने पक्षमा मतदान गरेका थिए। महाभयोग प्रस्ताव पारित भएपछि उनी पदच्युत भएका छन्। एक संवैधानिक अदालतले युनलाई स्थायी रूपमा पदबाट हटाउने कि नहटाउने भन्ने विषयमा छलफल गरिरहेका बेला टेक्नोक्रेट हानले अन्तरिम नेताको रूपमा सत्ताको वागडोर सम्हाल्नेछन्।

अदालतलाई युनको भविष्यबारे फैसला गर्न १८० दिनको समय दिइएको छ। यदि उहाँलाई पदबाट हटाइयो भने युन दक्षिण कोरियाको इतिहासमा सफलतापूर्वक महाभियोग लगाइने दोस्रो राष्ट्रपति बन्नेछन्।

प्रकाशित: ३० मंसिर २०८१ १५:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast