पुसमा पनि घट्यो बैंकको ब्याजदर

हिमाल प्रेस ३० मंसिर २०८१ १०:४३
2
SHARE
पुसमा पनि घट्यो बैंकको ब्याजदर नेपाल राष्ट्र बैंक। फाइल तस्बिर।

काठमाडौँ- वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। सात वटाले मंसिरकै व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई निरन्तरता दिएका छन्। पुस महिनामा बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने केहीले घटाउँदा केहीले बढाएका छन्।

पुस महिनामा २ वटाले घटाउँदा ३ वटाले बढाएका छन्। मंसिरकै ब्याजरलाई पुसमा निन्तरता दिने बैंकमा सिटिजन्स बैंक, एभरेस्ट बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक छन्।

मंसिरमा सिटिजन्स बैंकले ५.६५ प्रतिशत, एभरेस्ट बैंकले ६ प्रतिशत, ग्लोबल आइएमई बैंकले ५.७५, हिमालयन बैंकले ६.२५, कुमारी बैंकले ५.९१ प्रतिशत, माछापुच्छ्रे बैंकले ६ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६।२५ प्रतिशत दिएका थिए।

यसैगरी नेपाल बैंक र एआईसी एसिया बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्। पुसका लागि नेपाल बैंकले ५.६ प्रतिशत र एनआईसी एसियाले ६.६० प्रतिशत कायम गरेका छन्। मंसिरमा नेपाल बैंकले ५.९५ प्रतिशत र एनआईसी एसियाले ६.७९ प्रतिशत दिएका थिए।

त्यस्तै कृषि विकास बैंक, प्राइम कमर्सियल बैंक र लक्ष्मी सनराइज बैंकले मुद्दति निक्षेपको अधिकतम ब्याजदर बढाएका छन्। पुसका लागि ब्याजदर बढाएर कृषि विकास बैंकले ५.५७ प्रतिशत, प्राइम कमर्सियल बैंकले ६.२५ प्रतिशत र लक्ष्मी सनराइजले ५.७५ प्रतिशत पुर्याएका छन्। मंसिरमा कृषि विकास बैंकले ५.५४ प्रतिशत, प्राइम कमर्सियल बैंकले ५.७५ प्रतिशत र लक्ष्मी सनराइजले ५.५ प्रतिशत दिएका थिए।

पुसमा ५.५७, नेपाल इन्भेष्टमेन्ट मेगा ६.५, माछापुच्छ्रे ६, हिमालयन ६.२५, नेपाल एसबिआई ६, एभरेष्ट ६, एनआईसी एसिया ६.६, स्ट्यान्डर्ड चार्टर्ड ६.२५, लक्ष्मी सनराइज ५.७५, कुमारी ५.९१, सिद्धार्थ ६, सानिमा ६.१५, एनएमबि ६.६, प्रभु ६.१, ग्लोबल आइएमई ५.७५, सिटिजन ५.६५, प्राइम कमर्सियल ६.२५, कृषि विकास ५.५७, नेपाल बैंक ५.६ र राष्ट्रिय वाणिज्य बैंक ६ प्रतिशत व्याजदार तोकेको छ।

प्रकाशित: ३० मंसिर २०८१ १०:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast