
काठमाडौँ- धादिङको गल्छीमा बस दुर्घटना भएको छ। बुटवलबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख ६६७६ नम्बरको बस शनिबार साँझ पौने ६ बजेतिर गल्छी गाउँपालिका–६ मा दुर्घटना हुँदा ८ जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुर्घटनाका घाइतेहरुलाई थप उपचारका लागि ललितपुरको बीएन्डबी अस्पताल पठाइएको छ।
प्रकाशित: ३० मंसिर २०८१ ८:१५
प्रतिक्रिया