प्रधानसेनापति सिग्देलद्वारा भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण

हिमाल प्रेस २९ मंसिर २०८१ १९:०७
10
SHARES
प्रधानसेनापति सिग्देलद्वारा भारतीय अधिकृत क्याडेटको कवाज निरीक्षण

काठमाडौँ- प्रधानसेनापति अशोकराज सिग्देलले भारतीय सैन्य एकेडेमी (Indian Military Academy) मा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाज निरीक्षण तथा अवलोकन गरेका छन्।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधानसेनापति सिग्देल आज भारतको देहरादुनस्थित भारतीय सैन्य एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी भएको जंगीअड्डाले जनाएको छ।

सो अवसरमा उनले अधिकृत क्याडेटहरूद्वारा प्रदर्शन गरिएको अन्तिम दलेल कवाजको निरीक्षण तथा अवलोकन गरे। कार्यक्रममा उनले नवनियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुका साथै उनीहरूसँग अन्तरक्रियासमेत गरे।

नेपाली सेनाले २०१० सालदेखि भारतीय सैन्य एकेडेमीमा आफ्ना अधिकृत क्याडेटहरूलाई तालिममा सहभागी गराउँदै आइरहेको छ। हालसम्म उक्त एकेडेमीबाट दुई सयभन्दा बढी नेपाली सेनाका अधिकृत क्याडेटहरू दीक्षित भइसकेका छन्।

१२ देशका अधिकृत क्याडेटहरू तालिमरत उक्त एकेडेमीमा हाल नेपाली सेनाबाट ६ जना अधिकृत क्याडेटहरू तालिमरत रहेका छन्।

प्रकाशित: २९ मंसिर २०८१ १९:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast