
इटहरी- सन्तोष काफ्लेको नेतृत्वमा नेपाल पत्रकार महासंघ सुनसरीको नयाँ कार्यसमिति चयन भएको छ। प्रेस चौतारी र प्रेस युनियनबाट साझा उम्मेदवार बनेका काफ्लेले ९४ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी गणेश निरौलाले ७९ मत प्राप्त गरे। यसैगरी शेखरनाथ जोगीले ५ मत प्राप्त गरे।
उपाध्यक्षमा अर्जुन सुवेदीले १०१ मत प्राप्त गर्दै विजयी भए भने प्रतिस्पर्धी गोविन्द बस्नेतले ७४ मत प्राप्त गरे। महिला उपाध्यक्षमा यशोदा शेनेले ११० मत प्राप्त गर्दै विजयी हुँदा मनिता चाम्लिङले ६२ मत प्राप्त गरिन्।
सचिवमा पर्शुराम बाह्रकोटीले ९० मत प्राप्त गर्दै विजयी भए भने तीर्थ कार्कीले ८३ मत प्राप्त गरे। खुल्ला सहसचिवमा विकल रेग्मीले ११४ मत प्राप्त गर्दै विजयी भए भने प्रतिस्पर्धी महेश गुरागाईँले ६१ मत प्राप्त गरे।
समावेशी सहसचिवमा वीरेन्द्र साहले ९१ मत प्राप्त गर्दै विजयी भए भने मुस्ताक आलमले ६३ मत प्राप्त गरे। यसैगरी कोषाध्यक्षमा विवेक रेग्मीले ११८ मत प्राप्त गर्दै विजयी भए भने प्रतिस्पर्धी जमुना श्रेष्ठले ५५ मत प्राप्त गरिन्।
खुला सदस्यमा चन्द्रकला चौधरी, जीवन विष्ट, रोहित कुमार राई, शिशिर भट्टराई, सविता पोखरेल (ज्योति), सिंहबहादुर मादेन, सुदीप पोखरेल र हिरण्य कुमार कार्की निर्वाचित भएका छन्।
त्यस्तै, महिला सदस्यमा सीमा बस्नेत, दलित सदस्य विनोद विश्वकर्मा, मधेशी सदस्य सुरेन्द्र मेहता, आदिवासी जनजाति सदस्य विजय कुमार राई र समावेशी सदस्यमा नसिम अन्सारी निर्विरोध निर्वाचित भएका छन्।
केन्द्रीय परिषद् सदस्य खुलामा गोपाल दाहाल र बाबुराम सुवेदी तथा केन्द्रीय परिषद् सदस्य महिलामा सुभद्रा प्याकुरेल निर्वाचित भए भने केन्द्रीय परिषद् सदस्य (आदिवासी जनजाति)तर्फ नरबहादुर (प्रदीप) मेन्याङ्बो र फुलचन्द मेहता निर्वाचित भएका छन्।
प्रदेश परिषद् सदस्यमा कमला कुमारी चौधरी, धीरेन्द्र कुमार चौधरी, नवराज विष्ट, पिएमणी भट्टराई, रामकृष्ण खड्का, रुमा रिजाल, सुशीला चौधरी, सुमीत्रा राई सञ्जु, महिलामा कानुन कार्की र समावेशीमा उपेन्द्र चाम्लिङ, धनकुमार राई, विकास चाम्लिङ राई, विक्की श्रेष्ठ, सोहन श्रेष्ठ र हिमाल राई निर्वाचित भएका छन्।