प्रमुख प्रतिपक्षी दल जिम्मेवार हुन जरुरी छ : गृहमन्त्री लेखक

हिमाल प्रेस २९ मंसिर २०८१ १४:००
50
SHARES
प्रमुख प्रतिपक्षी दल जिम्मेवार हुन जरुरी छ : गृहमन्त्री लेखक

चितवन- गृहमन्त्री रमेश लेखकले प्रमुख प्रतिपक्षी दल जिम्मेवार भई सरकारसँग समन्वय गर्नुपर्ने बताएका छन्।

गृहमन्त्री लेखकले प्रमुख प्रतिपक्षी दल जिम्मेवार रूपमा प्रस्तुत भई संविधान, देश र जनता केन्द्रित कामका लागि सरकार र सरोकार भएकासँग आवश्यक सहकार्य र समन्वय गर्नुपर्ने बताए।

आज भरतपुर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले त्यस्तो बताएका हुन्।

मुलुकमा कानुनी राज्य स्थापना गर्दै विधिको शासन कायम गर्न सरकार लागिपरेको बताउँदै लेखकले सरकारको यो काममा प्रतिपक्षी दलले पनि सहयोग गर्ने विश्वास व्यक्त गरे।

प्रकाशित: २९ मंसिर २०८१ १४:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast