काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (शैक्षिक सूचना व्यवस्थापन शाखा) सानोठिमी भक्तपुरले शिक्षकको विवरण सत्यपना गर्न गराउन सबै स्थानीय तहलाई आग्रह गरेको छ। पुस ४ गतेभित्र शिक्षकको विवरण अद्यावधिक गर्न गराउन अनुरोध गरिएको हो।
Excel Sheet (वर्णानुक्रमानुसार प्रदेश, जिल्ला र स्थानीय तह अनुसार) बाट आफ्नो स्थानीय तहभित्रका विद्यालयको शिक्षकको विवरण ७ दिनभित्रमा सत्यपना गरी आवश्यकतानुसार विद्यालयलाई शिक्षकको विवरण अद्यावधिक गर्नु गराउन तथ्यांक अधिकृतले सुशील पौडेलले आग्रह गरे।
आवश्यक समन्वय एवम् सहजीकरणका लागि सबै प्रदेशका शिक्षा विकास निर्देशनालयलाई पौडेलले अनुरोध गरेका छन्। उनले सबै शिक्षा विकास तथा समन्वय एकाइला विवरण प्रविष्टि वा सम्प्रेषण गर्ने कार्यमा आवश्यक समन्वय एवम् सहजीकरण गर्न पनि अनुरोध गरेका छन्।
त्यसैगरी सबै विद्यालय IEMISमा भएका सबै Information field हरूको विवरण प्रविष्टि /अद्यावधिक गर्न पौडेलको अनुरोध छ।