काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक पुस २१ गतेलाई सरेको छ। शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक सार्ने निर्णय गरेको हो।
खबरदारी सभा र पालिका सम्मेलन एकसाथ गर्ने भनिएकोमा मंसिर मसान्तसम्म हुन नसकेकाले त्यसको तयारीका लागि बैठक सारिएको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
यसअघि कात्तिक २६ गते बसेको पदाधिकारी बैठकले पुस २ देखि ७ गतेसम्म केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको थियो। केन्द्रीय कमिटी बैठकको तयारीका लागि माओवादी केन्द्रले पुस १८, १९ र २० गते स्थायी कमिटीको बैठक बोलाएको छ।
प्रकाशित: २८ मंसिर २०८१ १५:४४
प्रतिक्रिया