कर्णालीले लुम्बिनीलाई हरायो

हिमाल प्रेस २८ मंसिर २०८१ १२:४२
10
SHARES
कर्णालीले लुम्बिनीलाई हरायो

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ। टीयू मैदान कीर्तिपुरमा आज पौने १ बजे सम्पन्न खेलमा कर्णालीले लुम्बिनी लायन्सलाई ५ रनले पराजित गरेको हो।

१२९ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई अन्तिम ओभरमा जितका लागि ९ रन आवश्यक थियो। कर्णालीका कप्तान सोमपाल कामीले नन्दन यादवलाई डेथ ओभर बलिङमा पठाएका थिए।

यादवको बलमा लुम्बिनीका ब्याट्सम्यान चल्न सकेनन्। उनले तीन रनमात्रै दिँदा कर्णाली ५ रनले विजयी भएको हो।

लुम्बिनीलाई पराजित गरेसँगै कर्णालीको प्लेअफ सम्भावना बलियो बनेको छ। अब उसले लिगको अन्तिम खेल सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।

प्रकाशित: २८ मंसिर २०८१ १२:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast