काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको हो।
कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाए। ३० बल खेलेका बोसिस्टोले समान ३ चौका र ३ छक्का प्रहार गरे।
त्यस्तै अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाए। बलिङमा लुम्बिनीका लागि एनपीलएका डेब्यु गरेका विकास आग्रीले ३ तथा तिलक भण्डारीले २ विकेट लिए।
एनपीएलमा पहिलो खेल खेलेका दुई बलर मिलेर ५ विकेट लिएका हुन्। अहिले लुम्बिनीले ब्यटिङ गरिरहेको छ।
प्रकाशित: २८ मंसिर २०८१ १०:४८
प्रतिक्रिया