काठमाडौँ- काठमाडौँ महानगरपालिकाले भोलि शनिबार ख्यातिप्राप्त ब्याण्ड र कलाकारहरूको प्रस्तुतिमा सांगीतिक कार्यक्रम आयोजना गर्दैछ।
३०औँ महानगर दिवस २०८१ का अवसरमा सांगीतिक कार्यक्रम गर्न लागिएको हो। सांगीतिक कार्यक्रमसँगै मौलिक खाना स्टल, मौलिक वस्तु तथा सामग्री प्रदर्शन हुनेछ।
बिहान ९ बजेदेखि कार्यक्रम सुरु हुनेछ। प्रवेश निःशुल्क भनिएको छ। काठमाडौँ टावर, पुरानो बसपार्क, टुँडिखेल मैदानमा कार्यक्रम हुनेछ।
प्रकाशित: २८ मंसिर २०८१ ६:५७
प्रतिक्रिया