काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले सुपर ओभरमा १९ रनको लक्ष्य प्रस्तुत गरेको छ। बिहीबार कीर्तिपुरमा जारी खेलको सुपर ओभरमा पहिले ब्याटिङमा उत्रिएको पोखराले ६ बलमा १८ रन बनाएको हो।
सुपर ओभरमा पोखराका रेमोन रेफरले १७ र आन्द्रियस गौसले एक रन जोडे। सुपर ओभरमा विराटनगरबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए। सन्दीपको पहिलो र दोस्रो बलमा रेफरले लगातार छक्का प्रहार गरे। तेस्रो बल सन्दीपले डट फ्याँके। चौथो बलमा रेफरले पुनः चौका प्रहार गरे। पाँचौँ बलमा रेफरले एक रन लिए। छैटौँ बलमा गौसले एक रन बनाए।
प्रकाशित: २७ मंसिर २०८१ १२:३०
प्रतिक्रिया