एनपीएल : विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

हिमाल प्रेस २७ मंसिर २०८१ १०:३६
6
SHARES
एनपीएल : विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू मैदानमा आज बिहानको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले ७ विकेटको क्षतिमा १३९ रन जोड्न सफल भयो।

विराटनगरका स्कट इडवार्डले सर्वाधिक ४५ रन जोडे। डच कप्तान इडवार्डले एनपीएलको पहिलो खेलमा ३५ बलमा ५ चौका प्रहार गरे।

त्यसअघि ओपनर लोकेश बमले २६ रन जोडे। पावरप्लेको अन्तिम बलमा रेमन्ड राइफरको बलमा क्याच हुनुअघि उनले १६ बलमा २ चौका र २ छक्का प्रहार गरे।

अर्का ओपनर मार्टिन गप्टिल भने ५ रनमै आउट भए। गप्टिललाई पोखराका सागर ढकालले पाँचौं ओभरमा बोल्ड गरे।

नरेन भट्टले ४ रन मात्र जोड्न सके। उनलाई दिनेश खरेलले सागरबाट क्याच गराए। निकोलास किर्टोनलाई पनि सागरले नै आउट गरेका थिए। किर्टोनले १३औं ओभरमा आउट हुनुअघि १६ बलमा १९ रन जोडे।

अन्तिम ओभरको पहिलो बलमा राइफरले विराटनगरका क्रिंस सोललाई ७ रनमा विपिन खत्रीबाट क्याच गराए। चौथो बलमा वाइड हुँदा पनि दिपक बोहरा रनआउट हुन पुगेका थिए। विराटनगरका बसिद अहमद नटआउट २१ रन र प्रतिश जिसीले नटआउट ४ रन जोडे।

बलिङमा पोखराका सागर ढकाल र राइफरले २/२ विकेट लिए। सागरले ४ ओभरमा १५ रन र राइफरले ३३ रन दिए।

प्रकाशित: २७ मंसिर २०८१ १०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast