नेपालमा पनि कार्यान्वयनमा आयो कुमोन शिक्षा कार्यक्रम

हिमाल प्रेस २६ मंसिर २०८१ १९:१७
38
SHARES
नेपालमा पनि कार्यान्वयनमा आयो कुमोन शिक्षा कार्यक्रम

काठमाडौँ- विश्वव्यापीरूपमा मान्यताप्राप्त कुमोन शिक्षा कार्यक्रम नेपालमा आधिकारिकरूपमा कार्यान्वयनमा आएको छ। आज (बुधबार) आयोजित सम्मेलनमा विभिन्न शिक्षाविद्, विद्यालयका शिक्षक र सरोकारवालाबीच सो कार्यक्रम कार्यान्वयनको घोषणा गरिएको हो।

सन् १९५८ मा जापानको ओसाकाबाट थालनी भएको यो कार्यक्रमले विद्यार्थीको मानसिक विकास, ‘आइक्यू’को स्तर वृद्धिसँगै आलोचनात्मक सोच र समस्या समाधान क्षमताको विकासमा योगदान पुग्ने बताइएको छ।

विभिन्न ४० भन्दा बढी विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको कार्यक्रममा जापानस्थित एनपीओ कलरबाथका अध्यक्ष योशिकावा युसुकेले शिक्षामा नवप्रवर्तनशील विधिहरूको महत्त्वमा जोड दिए।  जापानस्थित कुमोन मुख्यालयकी प्रतिनिधि मित्सुको शिमाजोइले कुमोन कार्यक्रमको विश्वव्यापी प्रभाव रहेको जनाउँदै विश्वका १० प्रतिशत विद्यार्थीहरू (करिब ४० लाख)ले कुमोन विधि प्रयोग गरिरहेको बताइन्। यो कार्यक्रम विश्वका ६५ देशका २३ हजार सात सय केन्द्रहरूमा सञ्चालित छन्।

कुमोन आईजीसी नेपालका अध्यक्ष गणेशमान लामाले यस विधिलाई विद्यार्थीको मानसिक प्रशिक्षणमा केन्द्रित कार्यक्रमको रूपमा बुझ्न आग्रह गरे। यसले परम्परागत शैक्षिक शिक्षण विधिलाई प्रतिस्थापन गर्ने बताए।

प्रकाशित: २६ मंसिर २०८१ १९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast