कालिमाटीमा सस्तिए अधिकांश तरकारी

हिमाल प्रेस २६ मंसिर २०८१ ९:२३
10
SHARES
कालिमाटीमा सस्तिए अधिकांश तरकारी

काठमाडौँ- फलफूल तथा तरकारी बजार विकास समिति कालिमाटीले आज (बुधबार) कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

कालिमाटीमा आज आलु, गोलभेँडा, करेला सहितका तरकारीको मूल्य केही घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको छ।

टनेलमा भलेको गोलभेँडा आज प्रतिकिलो ४३ रुपैयाँ घटेको छ। कालिमाटीमा आज पनि सबैभन्दा सस्तो तरकारी स्कुस छ भने महँगो तरकारी कुरिलो छ। स्कुस प्रतिकिलो २५ रुपैयाँमा किनबेच भइरहँदा कुरिलोको मूल्य आज पनि किलोकै ११०० रुपैयाँ छ।

कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ६०, रातो आलु ६९, भारतीय रातो आलु ५६, सुकेको भारतीय प्याज ९४, तराईको गाँजर ९५, तराईको बन्दा ४५, स्थानीय काउली ५५, रातो र सेतो दुवैखाले मुला २७, लाम्चो भन्टा ५५ रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरी तने बोडी १२५, मकै बोडी ६५, करेला ८५, लौका ५५, परबल ६५, फर्सी ५५, स्कुस २५, कन्य च्याउ १७६, डल्ले च्याउ ३८०, कुरिलो ११००, ब्रोकाउली ८०, सिताके च्याउ ७५०, राजा च्याउ २९० रुपैयाँ प्रतिकिलो छ।

कालिमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ९५, टनेलमा फलेको सानो गोलभेँडा १२०, रातो आलु ७३, सेतो आलु ६२, सुकेको भारतीय प्याज ९३, तराईको गाँजर ९५, लोकल बन्दा ५५, तराईको काउली ५३, मुला ३५ रुपैयाँ प्रतिकिलो थियो।

त्यसैगरी भन्टा ४५, तनेबोडी ११०, मकै बोडी ४५, लौका ५५, परबल ७५, भिन्डी ९५, स्कुस २५, रायोको साग ३२, कन्य च्याउ १६६, डल्ले च्याउ ३२६, कुरिलो ११००, ब्रोकाउली ९० रुपैयाँ प्रतिकिलो थियो।

प्रकाशित: २६ मंसिर २०८१ ९:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast