टर्कीका राष्ट्रपतिले भनेः सिरियालाई फेरि विभाजन हुन दिन्नौँ

हिमाल प्रेस २५ मंसिर २०८१ १९:५४
16
SHARES
टर्कीका राष्ट्रपतिले भनेः सिरियालाई फेरि विभाजन हुन दिन्नौँ तस्बिरः एएफपी।

इस्तानबुल (रासस/एएफपी)- टर्कीका राष्ट्रपति रेसेप तैयिप एर्दोगनले मंगलबार सिरियालाई फेरि कहिल्यै विभाजित हुन दिइन नहुने भन्दै टर्कीले आफ्नो क्षेत्रलाई खतरा पार्ने कुनै पनि व्यक्तिविरुद्ध कारबाही गर्ने बताएका छन्।

‘अबदेखि हामी सिरियालाई फेरि विभाजित हुन दिन सक्दैनौँ। सिरियाली जनताको स्वतन्त्रता, नयाँ प्रशासनको स्थिरता र यसको भूमिको अखण्डतामाथि कुनै पनि आक्रमण भए हामी त्यसका विरुद्धमा उभिनेछौँ,’ उनले भने।

सिरियाको ‘क्षेत्रीय अखण्डता’ का लागि आफ्नो समर्थन दोहोर्‍याउँदै असदको निष्कासनपछि गोलान हाइट्समा संयुक्त राष्ट्रद्वारा नियन्त्रित बफर जोनमा इजरायली सेना प्रवेश गरेपछि टर्कीको विदेश मन्त्रालयले यसअघि इजरायलको निन्दा गरेको थियो।

‘सिरियाली जनताले धेरै वर्षदेखि चाहेको शान्ति र स्थिरता प्राप्त गर्ने सम्भावना देखा परेको यो संवेदनशील अवधिमा इजरायलले फेरि एक पटक आफ्नो कब्जा गर्ने मानसिकता प्रदर्शन गरिरहेको छ,’ मन्त्रालयको विज्ञप्तिमा भनिएको छ।

गोलान हाइट्स सिरियाको दक्षिणपश्चिमी किनारमा रहेको पहाडी पठार हो। यसको अधिकांश भाग सन् १९६७ को छ दिने युद्धको समयमा इजरायलले कब्जा गरेको थियो र पछि सामेल गरेको थियो।

गोलान हाइट्सलाई सिरियाली पक्षबाट संयुक्त राष्ट्र-नियन्त्रित बफर जोनद्वारा अलग गरिएको छ। यहाँ इजरायली सेना यही साता प्रवेश गरेको थियो।

इजरायलका शीर्ष कूटनीतिज्ञ गिडियन सारले ‘सुरक्षा कारण’ का लागि यो कदम ‘सीमित र अस्थायी कदम’ भएको बताएका छन्।

प्रकाशित: २५ मंसिर २०८१ १९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast