
काठमाडौँ- नेपाल र हङकङबीच १९ वर्षमुनीका पुरुष खेलाडीको ३ खेलको एक दिवसीय श्रृंखलाका खेल हुने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) हङकङ यू १९ सँगको एकदिवसीय श्रृंखलाका लागि १५ खेलाडीको नाम सार्वजनिक गरेको छ। यसअघि कप्तान रहेका हेमन्त धामी टिममा छैनन् भने कप्तानको जिम्मेवारी अभिषेक तिवारीलाई दिइएको छ।
श्रृंखलाको पहिलो खेल पुस १ मा, पुस ३ तथा तेस्रो खेल पुस ५ मा हुनेछ। नेपालले यू १९ विश्व कप एसिया छनोटको तयारीमा यो सिरिज खेल्दैछ। विश्व कप एसिया छनोट आगामी वर्षको अप्रिलमा काठमाडौँमा हुनेछ।
नेपाली टोली
अभिषेक तिवारी (कप्तान), अफ्रुदिन राईन, सौजन प्रसाद घिमिरे, सुर्यान्सु कोइराला, दयानन्द मण्डल, सोहेल कुवँर, दिलसाद अली, राजेश बोहोरा, अप्राजित पौडेल, सन्तोष यादव, निरज कुमार यादव, रोशन विश्वकर्मा, दिपक सेरेला, सिब्रिन श्रेष्ठ, नरेन भट्ट