गोलिया काट्दा रूखले किचेर १८ वर्षीय किशोरको मृत्यु

हिमाल प्रेस २५ मंसिर २०८१ ७:३५
8
SHARES
गोलिया काट्दा रूखले किचेर १८ वर्षीय किशोरको मृत्यु प्रतीकात्मक तस्बिर।

काठमाडौँ- गोलिया काट्ने क्रममा रूखले किचेर खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौलेस्थित ढाडगाउँका १८ वर्षीय किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा मिलन दमाई रहेका प्रहरीले जनाएको छ।

रावाबेँसी गाउँपालिका-२ खार्पाका कमलबहादुर सार्कीको भडाँरेस्थित नीजि वनमा रहेको रूखबाट गोलिया काठ काट्ने क्रममा मौवाको सुकेको रूख ढलेर किच्दा सोमबार मिलनको घटनास्थलमै मृत्यु भएको हो।

गोलिया काठ संकलन गरिरहेका बेला नजिकै रहेको मौवाको सुकेको रूखले किच्दा मिलनको मृत्यु भएको रावाबेँसी-२ का वडाध्यक्ष डोलराज बस्नेतले जानकारी दिए।

‘उनी हप्ता दिनअघि यहाँ काम गर्न आएका हुन्। ज्यालादारी कामका लागि आएका किशोरको रूखले किचेर मृत्यु भएको जानकारी आएको छ’, उनले भने, ‘मृत्युको खबर पाएपछि प्रहरीलाई जानकारी गर्यौँ। जिल्लाबाट प्रहरी टोली आएर मुचुल्का उठाएपछि शव परीक्षणका लागि जिल्ला पठाइएको छ।’

रूखले किचेर किशोरको मृत्यु भएको खबर स्थानीयले दिएपछि सोही आधारमा घटनाको थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक मोहन पोखरेलको नेतृत्वमा खटिएको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। रासस

प्रकाशित: २५ मंसिर २०८१ ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast