फाटफुट वर्षाले काठमाडौँमा बढ्यो जाडो, देशभर कति छ तापक्रम?

हिमाल प्रेस २५ मंसिर २०८१ ६:२०
20
SHARES
फाटफुट वर्षाले काठमाडौँमा बढ्यो जाडो, देशभर कति छ तापक्रम? तस्बिरः रासस

काठमाडौँ- पश्चिमी वायुको प्रभावले देशका विभिन्न स्थानमा मौसम बदली भएको छ। पश्चिमी वायुको असर र स्थानीय वायु सक्रिय हुँदा सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्का वर्षा भएको छ भने उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएको छ ।

दिपायलमा पछिल्लो २४ घण्टामा २.५, डडेल्धुरामा ३.१ र सुर्खेतमा २.१ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

यस्तै, राती कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । मौसम बदली सँगै काठमाडौं उपत्यकासहित पूर्वी पहाडी र सुदूर तथा कर्णालीमा पहाडी क्षेत्रमा चिसो बढेको छ ।

काठमाडौँ उपत्यकाको अधिकतम र न्यूनतम तापक्रम दुबै घटेसँगै कठ्यांग्रिने जाडो भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १८ डिग्री सेल्सियसभन्दा तल झरेको छ। यस्तै, न्यूनतम तापक्रम समेत ५ डिग्री सेल्सियस हाराहारी आएको मौसमविदले बताएका छन्। जसकारण मानिसहरुलाई एका बिहानै घर बाहिरन निस्किन कठिनाई भएको छ।

प्रकाशित: २५ मंसिर २०८१ ६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast