
काठमाडौँ- नेपाली सेनाले सिरियामा खटिएका नेपाली शान्ति सैनिकहरूको अवस्था सामान्य रहेको जनाएको छ।
मंसिर २२ गते संयुक्त राष्ट्र संघको ‘यूएनडीओफ’ मिसनमा तैनाथ नेपाली शान्ति सैनिक रहेको हदारस्थित १०–ए सुरक्षा पोस्टमा हतियारधारी समूह जबजरजस्ती प्रवेश गरेको नेपाली सेनाले जनाएको छ।
उक्त सुरक्षा पोस्टलगायत सिरियामा तैनाथ संयुक्त राष्ट्र संघीय मिसनअन्तर्गत विभिन्न स्थानमा रहेका नेपाली शान्ति सैनिकहरूको अवस्था सामान्य रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।
विद्रोही समूहले सिरियाको राजधानी दमास्कसलाई नियन्त्रणमा लिएपछि राष्ट्रपति बशर अल–असदको दुई दशक लामो सत्ता अन्त्य भएपछि। बशर देश छोडेर रूसमा शरण लिएको बताइएको छ।
प्रकाशित: २४ मंसिर २०८१ २१:२६
प्रतिक्रिया