फोटोग्राफर संघले ‘केपिए वेडिङ फोटो अवार्ड २०२४’ को आयोजना गर्ने

हिमाल प्रेस २४ मंसिर २०८१ १७:१५
10
SHARES
फोटोग्राफर संघले ‘केपिए वेडिङ फोटो अवार्ड २०२४’ को आयोजना गर्ने

काठमाडौँ- फोटोग्राफर संघले ‘केपिए वेडिङ फोटो अवार्ड २०२४’ को आयोजना गर्ने भएको छ।

काठमाडौँमा सोमबार पत्रकार सम्मेलन आयोजना गरी कार्यक्रमका संयोजक आनन्द प्रभाकर घिमिरेले आगामी १२ पुसमा काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा अवार्ड कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए।

उनले फोटोग्राफी र भिडियोग्राफीमा आफ्नो भविष्य खोजिरहेका देशभरका सहकर्मीलाई प्रोत्साहन र दक्षता विकासको उद्देश्यका साथ अवार्ड कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए।

 ‘अवार्ड फोटोग्राफी र भिडियोग्राफीमा आफ्नो भविष्य खोजिरहेका देशभरका सहकर्मीलाई प्रोत्साहन र दक्षता विकासको उद्देश्यका साथ आयोजना गर्दैछौँ,’ घिमिरेले भने।

अवार्डका लागि देशभरका प्रतिभाशाली फोटोग्राफरले आफूले खिचेका विवाहका अधिकतम दुईवटा उत्कृष्ट फोटो पेस गर्न सक्नेछन्।

विवाहको भिडियो टिजर एमपिफोरमा, अधिकतम १ मिनेट ३० सेकेन्डको र २०० एमबीभन्दा कम साइजमा तयार गरी अधिकतम १ वटा भिडियो पठाउन सक्नेछन्।

फोटो तथा भिडियो मंसिर ३० गतेसम्ममा पठाइसक्नु पर्नेछ। अवार्डसँग प्रतिस्पर्धामा प्रथम घोषितलाई फूल फ्रेम मिररलेश क्यामेरा पुरस्कारस्वरूप प्रदान गरिने आयोजकले जनाएको छ।

प्रकाशित: २४ मंसिर २०८१ १७:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast