लामिछानेका विषयमा आयोगले लियो प्रहरीका उच्च अधिकारीहरूसँग जानकारी

हिमाल प्रेस २४ मंसिर २०८१ १६:४४
18
SHARES
लामिछानेका विषयमा आयोगले लियो प्रहरीका उच्च अधिकारीहरूसँग जानकारी

काठमाडौँ- राष्ट्रिय मानवअधिकार आयोगले रवि लामिछानेको विषयमा नेपाल प्रहरीका उच्च अधिकारीहरुसँग जानकारी लिएको छ। सहकारी प्रकरणमा अनुसन्धानका क्रममा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री लामिछानेलाई चितवनबाट मध्यरातमा कास्की लगिएको थियो।

त्यस क्रममा प्रहरी महानिरीक्षकको आदेशले अमानवीय व्यवहार गरी मानवअधिकार हनन गरिएकाले छानबिन गरीपाऊँ भनेर परेको उजुरीका सम्बन्धमा अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ। घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङसहितको प्रहरी उच्चअधिकारीहरुसँग आयोगले थप जानकारी लिएको हो।

आयोगका सदस्य मनोज दुवाडीले कानुनी शासनको प्रत्याभूतिसहित स्वच्छ पुर्पक्षको अधिकार र बन्दीका आधारभूत मानवअधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुुनुपर्नेमा आयोगको चासो रहेको बताए। यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षकसँग समेत थप बुझुनुपर्ने भएकाले अनुसन्धान जारी राखिने आयोगले जनाएको छ।

प्रकाशित: २४ मंसिर २०८१ १६:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast