अस्थिरता मच्चाउनेहरूले सरकार ढल्न लागेको हल्ला फैलायो : ओली

हिमाल प्रेस २४ मंसिर २०८१ १५:५५
6
SHARES
अस्थिरता मच्चाउनेहरूले सरकार ढल्न लागेको हल्ला फैलायो : ओली प्रधानमन्त्री केपी शर्मा ओली

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरूले सरकार ढल्न लागेको हल्ला फैलाएको बताएका छन्। सोमबार गृहजिल्ला झापाको गौरादह नगरपालिका–४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यको आरम्भ गर्दै उनले यस्तो बताएका हुन्।

ओलीले अस्थिरता मच्चाउनेहरूले सरकार ढल्न लागेको हल्ला फैलाए पनि त्यो कदापि सम्भव नभएको दाबी गरे।

सरकार गठनका क्रममा नेपाली कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार अबको १८ महिनापछि कांग्रेसका सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनले बताए।

कार्यक्रममा साबिक महारानीझोडा गाविसका चार हजार घरधुरीका करिब आठ हजार कित्ता जग्गाको नापी प्रमाणित नभएका कारण लामो समयदेखि समस्या झेलिरहेका स्थानीयवासीले नेपाल सरकारको पछिल्लो निणर्यसँगै जग्गा प्राप्त गर्न लागेका हुन्।

वर्तमान सरकारले गठन आदेशबाट समिति बनाई समाधानको पहल गरेपछि जग्गाधनी प्रमाणपूर्जा वितरण कार्य सम्भव भएको हो।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि जनताको अवस्थामा परिवर्तन भएन भन्नेहरुका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताउँदै जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २४ मंसिर २०८१ १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast