रवि लामिछानेलाई वीरगञ्ज लैजान पोखराबाट उडे

हिमाल प्रेस २४ मंसिर २०८१ १३:१२
30
SHARES
रवि लामिछानेलाई वीरगञ्ज लैजान पोखराबाट उडे फाइल तस्बिर

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई पोखराबाट वीरगञ्ज लगिँदैछ। त्यसका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट केही समय अघि उनी बुद्ध एयरमार्फत काठमाडौँ उडिसकेका छन्।

काठमाडौँपछि उनलाई सोमबार नै विमानमार्फत सिमरा विमानस्थल उतार्ने तयारी छ। वीरगञ्जको सानोपाइला सहकारीको रकम समेत गोर्खा मिडियामा लगेर अपचलन गरेको अभियोगमा उनलाई बयानका लागि त्यसतर्फ लगिन लागेको कास्की प्रहरीले जनाएको छ।

गत सातामात्र उनलाई काठमाडौँको स्वर्णलक्ष्मी र चिवतनस्थित सहारा सहकारीको मुद्दामा बयान गराएर पोखरा फर्काइएको थियो । बिहीबार बिहान चितवनबाट रातारात पोखरा ल्याइएकोमा मानवअधिकार हनन भएको भन्दै सर्वत्र आलोचनासमेत भएको छ।

गत २ कात्तिकमा काठमाडौँबाट पक्राउ गरी पोखरा ल्याइएका लामिछानेलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ।

उनलाई पटकपटक म्याद थप गरी कास्की प्रहरी रिहासतमा राखिएको छ । छैटौंपल्ट आइतबार उनलाई कास्की जिल्ला अदालतमा म्याद थपका लागि लगिएकोमा न्यायाधीश हिमलाल बेल्बासेको इजलासले ४ दिनको म्याद थप गरेको छ।

कास्की हिरासतमै रहेको बखत लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा बयानका लागि रुपन्देही लगेर फर्काइएको थियो।

प्रकाशित: २४ मंसिर २०८१ १३:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast