
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज पर्सास्थित वीरगन्ज लगिने भएको छ। उनी अहिले कास्की हिरासतमा छन्। उनलाई आज पोखराबाट काठमाडौँ हुँदै बाराको सिमरा विमानस्थलमा ल्याइने र त्यहाँबाट स्थलमार्ग हुँदै वीरगन्ज लगिने प्रहरीले जनाएको छ।
उनलाई सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको विषयमा अनुसन्धान गर्न वीरगन्ज लगिने भएको हो। काठमाडौँस्थित त्रिभुवन विमानस्थलबाट दिउँसो २:३० बजेको उडान रहेको छ।
प्रकाशित: २४ मंसिर २०८१ ११:१५
प्रतिक्रिया