काठमाडौँमा फोहोर बाल्दै हुनुहुन्छ? कारबाहीमा परिएला

हिमाल प्रेस २४ मंसिर २०८१ १०:०४
6
SHARES
काठमाडौँमा फोहोर बाल्दै हुनुहुन्छ? कारबाहीमा परिएला फाइल तस्बिर।

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले खुला रूपमा फोहोर मैला बाल्न निषेध गरेको छ।

यदि कसैले खुला रूपमा फोहोर मैला बालेर वायु प्रदूषण गरे वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा आर्थिक ऐन बमोजिम कारबाही हुने महानगरपालिकाले सोमबार जारी गरेको सूचनामा उल्लेख छ।

महानगरपालिका क्षेत्रमा खुला रूपमा प्लास्टिकजन्य फोहोर मैला तथा अन्य फोहोर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने हुँदा यस्ता कार्यलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाको सूचनामा उल्लेख छ।

प्रकाशित: २४ मंसिर २०८१ १०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast