झाँक्री प्रकाश भुजेलमाथि सकिएन अनुसन्धान, अब पुर्पक्षका लागि थुनामा

हिमाल प्रेस २४ मंसिर २०८१ ६:१२
18
SHARES
झाँक्री प्रकाश भुजेलमाथि सकिएन अनुसन्धान, अब पुर्पक्षका लागि थुनामा

काठमाडौँ- झाँक्री प्रकाश भुजेललाई थुनामा पठाइएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश खेमराज भट्टको इजलासले आइतबार उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

गएको कात्तिक २८ उनले चलाएको कारको ठक्करबाट बा प्र ०२–०१८–प ६८७५ नम्बरको मोटरसाइकलमा सवार दम्पतीको ज्यान गएको थियो। २८ गते दिउँसो सवा १ बजेतिर शंखरापुर नगरपालिका ९ स्थित साँखु–थली सडकखण्डमा उनले चलाएको कारले मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा कागेश्वरी मनोहरा नगरपालिका-२, आलापोटका ३८ वर्षका नारायण नगरकोटी र उनकी पत्नी ३२ वर्षकी सानुमाया नगरकोटी घाइते भएका थिए। उनीहरूलाई तत्काल शंखरापुरस्थित अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि ग्रान्डी अस्पताल लगिएको थियो। अस्पतालमा भोलिपल्ट दुवै जनाको मृत्यु भएको थियो।

मोटरसाइकललाई ठक्कर दिएको गाडी प्रकाश भुजेल रहेको प्रहरीको दाबी, पक्राउ परे भुजेल

प्रकाशित: २४ मंसिर २०८१ ६:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast