जीप दुर्घटनामा सात जना घाइते

हिमाल प्रेस २३ मंसिर २०८१ २१:१६
12
SHARES
जीप दुर्घटनामा सात जना घाइते

बाजुरा– जिल्लाको पूर्वीउत्तरी भेगको हिमाली गाउँपालिकामा आइतबार जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन्।

हिमालीको धुलाचौरबाट धीम जाँदै गरेको ग २ च ६३०७ नं को जीप अनियन्त्रित भई दुर्घटना हुँदा त्यसमा सवार १३ जनामध्ये सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जनकबहादुर बोहराले जानकारी दिए।

दुर्घटनामा हिमाली गाउँपालिका–६ धिमका २८ वर्षीय धिरेन्द्र रावत, २२ वर्षीय मानबहादुर बुढा, २८ वर्षीय जङ्गबहादुर रोकाया, ४० वर्षीय जनक रावत, सोही गाउँपालिका–६ का महेन्द्र्र रावत, ३० वर्षीय बमबहादुर रावत र ४६ वर्षीय कलबहादुर रावत घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको कोल्टी आधारभूत अस्पतालमा उपचार भइरहेको छ।

आज नै सदरमुकाम मार्तडीमा भएको अर्को जीप दुर्घटनामा एक जनाको घटनास्थलमा र एक जनाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको थियो। दुर्घटनामा परी तीन जना घाइते भएका छन्।

प्रकाशित: २३ मंसिर २०८१ २१:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast