
काठमाडौँ- ७६ औ विश्व मानव अधिकार दिवसको सन्दर्भमा १६ औं मानव अधिकार राष्ट्रिय महाभेला आइतबारदेखि ललितपुरमा सुरु भएको छ। राष्ट्रिय मानव अधिकार आयोग, नागरिक समाज र विभिन्न गैरसरकारी संघ÷संस्थाहरूको सहकार्यमा महाभेला सुरु भएको हो। ‘सामाजिक, मार्थिक तथा बातावरणिय न्यायको आधारः सिमान्तकृत समुदायको मानवअधिकार’ भन्ने नाराका साथ सुरु भएको महाभेला सात दिनसम्म चल्ने बताइएको छ।
महाभेलाको उद्घाटन गर्दै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले पिछडिएका समूदायहरूले बिभिन्न समस्या भोगिरहेको र अधिकार समेत संरक्षण हुन नसकेकाले नीति निर्माणमा सक्रिय बनाउनुपर्नेमा जोड दिए। मानवअधिकारको संरक्षण र सम्वद्र्धन कुनै बैकल्पीक कार्य नभइ सवैको नैतिक दायित्व भएको उनको भनाइ छ।
त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्यायलाई अघि बढाउनका लागि सर्च कमिटीमा आयोगका तर्फबाट प्रतिनिधि पठाएको बताए। उनले सर्च कमिटीमा आएका नामहरूबाटै संक्रमणकालीन न्यायसम्बन्धी आयोगको नेतृत्व पठाउने विश्वास व्यक्त गरे।
मानवअधिकारको विश्विव्यापी अवधारणा तथा त्यसको फाइदा सिमान्तकृत समुदायले नपाइरहेको भन्दै महाभेलामा विभिन्न सवालहरूमा ७ दिनसम्म बहस, छलफल, सचेतनामूलक प्रदर्शन लगाएतका कार्यक्रम गरिने आयोजकले जनाएको छ।