अर्थमन्त्री पौडेलको दाबी : प्रधानमन्त्रीसँग दुरी बढेको छैन

हिमाल प्रेस २३ मंसिर २०८१ १६:५४
16
SHARES
अर्थमन्त्री पौडेलको दाबी :  प्रधानमन्त्रीसँग दुरी बढेको छैन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल। फाइल तस्बिर

काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्रीसंग आफ्नो दुरी बढेको भन्ने चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन्।  आइतबार काठमाडौंमा फोटोपत्रकार क्लबले आयोजना गरेको पावरिङ नेपाल : ऊर्जा क्षेत्रमा एसियाली विकास बैंक-नेपाल साभेदारीको पाँच दशक शीर्षकको फोटो प्रदर्शनीको अवलोकन गर्दै पौडेलले प्रधानमन्त्रीसँग आफ्नो दुरी बढेको बिषयमा प्रतिक्रिया दिनका लागि योग्य समाचार नभएको बताएका हुन्। उनले सस्तो अविश्वसनीय समाचारले कसैलाई फाइदा नगर्ने उल्लेख गरे।

पौडेलले प्रधानमन्त्रीको चीन भ्रमण ऐतिहासिक रुपमा सफल भएको र उपलब्धीपूर्ण रहेको बताए। नेपालको दीर्घकालीन विकास र छिमेकीको सम्बन्धका साथै नेपालको विदेशनीतिको दृष्टिकोणले पनि प्रधानमन्त्रीको चीन भ्रमण सफल भएको उनको भनाइ छ ।

उनले चीन भ्रमणका प्रत्येक कुरामा सत्ताधारी दलबीच खुलस्त छलफल भएको र साझा दृष्टिकोणका आधारमा अघि बढिएको दाबी गरे।  त्यस्तै अर्थमन्त्री पौडेलले वर्तमान सरकारले अर्थतन्त्रका क्षेत्रमा देखिएको समस्या हल गरेका कारण अर्थतन्त्रमा क्रमश गति आउन सुरु गरेको बताए।

उनले बैंकको तरलतालाई उत्पादन र रोगजारी सिर्जनाका लागि प्रयोग गर्ने सोच बनाएको उल्लेख  गरे।

प्रकाशित: २३ मंसिर २०८१ १६:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast