
काठमाडौँ– पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-५ कृष्णभिरमा भारतीय ग्यास बुलेट दुर्घटनामा परेको छ। आज बिहान दुर्घटनामा परेको एनएल-०२एल-३९०७ नम्बरको भारतीय ग्यास बुलेट दुर्घटनामा परेको हो। दुर्घटनामा ग्यास बुलेटका चालक र सहचालक त्रिशूली नदीमा बेपत्ता भएका छन्।
चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग्याँस बुलेट गति अनियन्त्रित भई सडकबाट करीब ६० मिटर तल त्रिशूली नदिमा खसेको हो। बेपत्ता भएकाको खोजीका लागि गोताखोरसहितको सशस्त्र प्रहरी परिचालन भएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अश्विनकुमार गुरुङको कमान्डमा गोताखोरसहित विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालन गरिएको थापाको भनाइ छ।