चितवनले टस जितेर ब्याटिङ रोज्यो, सुदूरपश्चिम बलिङमा

हिमाल प्रेस २३ मंसिर २०८१ १२:४७
8
SHARES
चितवनले टस जितेर ब्याटिङ रोज्यो, सुदूरपश्चिम बलिङमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)को आठौँ दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले टस जितेको छ।

टीयू क्रिकेट मैदानमा भएको टसमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ राजेका हुन्। तीन जितसहित तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिमसँग तेस्रो स्थानको चितवनले प्रतिस्पर्धा गर्न लागेको हो।

सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा छ भने चितवन कुशल मल्लको कम्तानीमा छ। पहिलो खेलमा विराटगरलाई ९० रनले हराएको सुदूरपश्चिमले दोस्रो खेलमा काठमाडौँमाथि ७३ रनको जित निकालेको थियो। तेस्रो खेलमा भने शनिबार लुम्बिनीलाई ४५ रनले हराएको छ।

अपराजित सुदूरपश्चिम ६ अंकसहित शीर्ष स्थानमा छ। जनकपुर र सुदूरपश्चिमको समान अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा पुगेको हो। यता, पहिलो खेलमा काठमाडौँविरुद्ध पाँच विकेटले विजयी भएको चितवनले दोस्रो खेलमा पोखरामाथि ८७ रनको शानदार जित निकालेको छ।

तेस्रो खेलमा कर्णालीसँग एक बल बाँकी छँदा ६ विकेटले पराजित भएको चितवन आज अर्को जितको खोजीमा हुनेछ।

प्रकाशित: २३ मंसिर २०८१ १२:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast