फोटो प्रदर्शनी गर्न १४ फोटो पत्रकार चीन प्रस्थान

हिमाल प्रेस २३ मंसिर २०८१ ९:३२
6
SHARES
फोटो प्रदर्शनी गर्न १४ फोटो पत्रकार चीन प्रस्थान

काठमाडौँ- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालका अध्यक्ष प्रदीपराज वन्त नेतृत्वको १४ सदस्यीय फोटोपत्रकार टोली फोटो प्रदर्शनीका लागि चीनको सान्तोङतर्फ प्रस्थान गरेको छ।

पिन्चाओ फोटोग्राफर एसोसिएसनको निमन्त्रणामा एनएफपीजेको टोली त्यसतर्फ प्रस्थान गरेको हो।

चीनका फोटोग्राफर सु छुई तथा नेपाल–चीनमैत्री संघको सहकार्यमा ‘सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल’ फोटो प्रदर्शनीमा नेपालका पर्यटन क्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने एक सय तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरमा एक महिनासम्म प्रदर्शनी गरिने प्रदर्शनीका संयोजक सुनिल शर्माले जानकारी दिए।

प्रकाशित: २३ मंसिर २०८१ ९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast