लुम्बिनीले टस जितेर बलिङ गर्ने, जनकपुर ब्याटिङमा

हिमाल प्रेस २३ मंसिर २०८१ ८:४१
10
SHARES
लुम्बिनीले टस जितेर बलिङ गर्ने, जनकपुर ब्याटिङमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) को आठौं दिनको पहिलो खेलमा जनकपुर बोल्ट्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेको छ।

टीयू क्रिकेट मैदानमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेका हुन्। जनकपुरले सुरुवाती ब्याटिङ गर्नेछ।

जनकपुर अनिल शाहको कप्तानीमा छ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको नेतृत्त्वमा मैदानमा हुनेछ।पहिलो खेलमा विराटनगर र दोस्रो खेलमा कर्णालीलाई आठ विकेटले हराएको जनकपुरले तेस्रो खेलमा पोखरालाई सात विकेटले हराएको हो। अपराजित जनकपुर ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। समान अंक भए पनि रनरेटका आधारमा सुदूरपश्चिम शीर्ष स्थानमा छ।

यता तालिकाको पुछारमा रहेको लुम्बिनी भने पहिलो जितको खोजीमा छ। पहिलो खेलमा विराटनगरसँग एक बल बाँकी हुँदा दुई विकेटले पराजित भएको लुम्बिनी दोस्रो खेलमा पोखरासँग १० विकेटको पराकिलो अन्तरले पराजित भयो। माथिल्लो चरणमा पुग्न लुम्बिनीले आजको खेल जित्नैपर्ने दबाब छ।

प्रकाशित: २३ मंसिर २०८१ ८:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast