एनपीएल : हालसम्म सर्वाधिक रन बनाउनेमा रोहित पौडेल, दोस्रोमा को?

हिमाल प्रेस २३ मंसिर २०८१ ८:२७
16
SHARES
एनपीएल : हालसम्म सर्वाधिक रन बनाउनेमा रोहित पौडेल, दोस्रोमा को?

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) मा समूह चरणका आधा खेल सकिँदा धेरै खेलाडीले उत्कृष्ट प्रदर्शन गरिसकेका छन्।

एनपीएलमा हालसम्म एक शतकसहित आधा दर्जन जति अर्धदशक बनिसकेका छन्। यति खेल सकिँदा कसले कति रन बनाएर को शीर्षमा छन् भन्ने कौतुहता हुन सक्छ। हालसम्म लुम्बिनीका कप्तान रोहितकुमार पौडेल सबैभन्दा बढी रन बनाउनेमा छन्। उनले ३ खेलमा १५५.३१ को स्ट्राइक रेटमा १४६ रन बनाएका छन्।

सर्वाधिक रनकर्ताको सूचीमा दोस्रो स्थानमा जनकपुर बोल्ट्समा आबद्ध श्रीलंकनमूलका अमेरिकन क्रिकेटर लाहिरु मिलान्था रहेका छन्। उनले तीन खेलमा १४६.९३ को स्ट्राइक रेटमा १४४ रन बनाएका छन्।

यो सूचीको तेस्रो नम्बरमा सुदूरपश्चिम रोयल्सका कप्तान तथा स्टार अलराउन्डर दीपेन्द्र सिंह ऐरी रहेका छन्।

उनले तीन म्याच खेल्दा २०४.४१ को सानदार स्ट्राइक रेटमा १ सय ३९ रन बनाएका छन्। टिमले ह्याट्रिक जित निकाल्नुमा दीपेन्द्रको भूमिका पनि प्रमुख छ। उनले पहिलो खेलमा २४ बलमा पाँच छक्का र तीन चौकासहित अविजित ५७ रनको पारी खेले।

टिमको जितमा ‘नायक’ साबित भएका उनी ‘प्लेयर अफ द म्याच’ घोषित भए । दोस्रो खेलमा पनि दीपेन्द्रले लय कायमै राखे । काठमाडौं गुर्खाजविरुद्धको उक्त खेलमा उनले २५ बलमा तीन चौका र दुई छक्काको सहयोगमा ४३ रन बनाए । तेस्रो खेलमा लुम्बिनीविरुद्ध पनि दीपेन्द्रको ब्याट चल्यो ।

एनपीएलमा सर्वाधिक रन बनाउने मामलामा चौथो नम्बरमा कर्णाली याक्समा आबद्ध भारतीय स्टार शिखर धवन रहेका छन्। उनले ४ खेलमा एक अर्धशतकको मद्दतमा १२२.५२ को सामान्य स्ट्राइक रेटमा १ सय ३६ रन बनाएका छन्।

यस्तै, यो सूचीको पाँचौं नम्बरमा पोखरामा आबद्ध दक्षिण अफ्रिकीमूलका अमेरिकन ब्याटर आन्द्रेस गौस रहेका छन्। उनले दुई म्याच खेल्दा १७४।६४ को स्ट्राइक रेटमा १२४ रन बनाएका छन्, त्यसक्रममा गौसले एक शतकीय पारी खेलेका छन्।

प्रकाशित: २३ मंसिर २०८१ ८:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast