कैलालीबाट करोडबढीका सुनचाँदी र सामान नियन्त्रणमा, तीन व्यक्ति पक्राउ

हिमाल प्रेस २३ मंसिर २०८१ ७:५५
4
SHARES
कैलालीबाट करोडबढीका सुनचाँदी र सामान नियन्त्रणमा, तीन व्यक्ति पक्राउ

काठमाडौँ- कैलालीको भजनी नगरपालिकाबाट १ करोड रुपैयाँभन्दा बढिको सुनचाँदी, नगद र अन्य सामानसहित तीन जनालाई नियन्त्रणमा लिइएको छ।

भजनी नगरपालिका ५ स्थित कौवाखेडा सीमा इलाकाबाट हिजो साँझ १ सामानसहित ३ जनालाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको हो।

सुर्खेत जिल्लाको चौकुनी गाउँपालिका १० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका १ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका ११ बस्ने ३२ वर्षीय महेश सुनारलाई सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट (बीओपी) पगियापसारले शनिबार नियन्त्रणमा लिएको सशस्त्रका प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शंका लागि चेकजाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल , विभिन्न किसिमका चार थान मोबाइल सेट र चादीका लेप लगाएका भाडाकुडा सहित नियन्त्रणमा लिएको हो।

सामानको श्रोत नखुलेपछि नियन्त्रणमा लिएकाहरूलाई बरामद सुन ,चाँदी, नगद र अन्य सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको प्रवक्ता थापाले जानकारी दिए।

प्रकाशित: २३ मंसिर २०८१ ७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast