मुस्तफा घर फर्किएपछि सुदूरपश्चिमले भित्र्यायो क्यानेडियन दिलप्रित

हिमाल प्रेस २३ मंसिर २०८१ ७:१६
4
SHARES
मुस्तफा घर फर्किएपछि सुदूरपश्चिमले भित्र्यायो क्यानेडियन दिलप्रित

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल) का लागि सुदूरपश्चिम रोयल्सले क्यानेडियन अलराउन्डर दिलप्रित सिंह बजवालाई भित्र्याएको छ।

यसअघि टोलीमा रहेका यूएईका अलराउन्डर रोहन मुस्तफा पारिवारिक कारणले फर्किएको प्रशिक्षक जगत टमाटाले बताए। जसका कारण उसले शनिबार लुम्बिनी लायन्सविरुद्धको खेलमा तीन जना विदेशी खेलाडी मात्र खेलाएको थियो।

एनपीएलमा चार जना विदेशी खेलाडी खेलाउने नियम भए पनि मुस्तफा स्वदेश फर्किएपछि तीन जना मात्र खेलाडी खेलाउन बाध्य भएको प्रशिक्षक टमाटाको भनाइ छ।

प्रकाशित: २३ मंसिर २०८१ ७:१६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast