प्रतिश चम्किँदा १३३ रनमा समेटियो कर्णाली

हिमाल प्रेस २२ मंसिर २०८१ १४:४१
6
SHARES
प्रतिश चम्किँदा १३३ रनमा समेटियो कर्णाली

काठमाडौँ- विराटनगर किंग्सका प्रतिश जिसी चम्कँदा कर्णाली १३३ रनमा समेटिएको छ। प्रतिशले अन्तिम ओभरमा मात्रै ३ विकेट लिएका थिए। साथै सोही ओभरमा एक विकेट रनआउट भएको थियो।

टस जितेर बलिङ गरेको विराटनगरले सुरुवातबाटै कर्णालीलाई दबाबमा पार्‍यो। भारतीय ओपनर शिखर धवनलाई प्रतिशले नै ५ रनमा बोल्डआउट गरेका थिए। त्यसपछि अर्का ओपनर देव खनालले ४८ बलमा ५३ रन र विलियम वाल्टन ६६ रन बनाउनुबाहेक अन्य कर्णालीका ब्याटर खुलेर खेल्नै सकेनन्।

यता विराटनगरका लागि भने४ ओभरमा १७ रन खर्चेर प्रतिशले ४ विकेट लिँदा क्रिस सोल र बसिर अहमदले २/२ विकेट लिए। आकिव इल्यासले १ विकेट लिए। अबको केही बेरमा विराटनगर ब्याटिङका लागि मैदान उत्रदैछ।

प्रकाशित: २२ मंसिर २०८१ १४:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast