रोहन मुस्तफाले एनपीएलका बाँकी खेल नखेल्ने

हिमाल प्रेस २२ मंसिर २०८१ १४:१९
102
SHARES
रोहन मुस्तफाले एनपीएलका बाँकी खेल नखेल्ने

काठमाडौँ- यूएईका अलराउन्डर रोहन मुस्तफाले जारी संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को बाँकी खेल गुमाउने भएका छन् ।

पारिवारिक कारण घर फर्किएकाले सुदूरपश्चिम रोयल्समा आबद्ध उनले एनपिएलको बाँकी खेल गुमाउने भएका हुन्। मुस्तफाको ठाउँमा नयाँ खेलाडी ल्याइसकेको सुदूरपश्चिम रोयल्सका मुख्य प्रशिक्षक जगत टमाटाले जानकारी दिए।

‘मुस्तफाले फ्यामेली प्रोब्लमका कारण घर जान्छु भनेपछि हामीले उसको ठाउँको अरू प्लेयर ल्याइसकेका छौँ,’ खेलपछिको पत्रकार सम्मेलनमा टमाटाले भने, ‘घर गएर फर्कने समय नै नहुने भएकाले उहाँ अब आउनुहुन्न।’ मुस्तफाले जारी एनपिएलमा एउटा खेल खेले। काठमाडौं गुर्खाजविरुद्ध खेलिएको उक्त म्याचमा मुस्तफाले ब्याटिङमा चार रन तथा बलिङमा एक ओभरमा बिनाविकेट ८ रन दिएका थिए।

उनले शनिबारको खेलमा भने प्लेइङ–११ मा मौका पाएनन्। यस खेलमा सुदूरपश्चिमले लुम्बिनी लायन्सलाई ४५ रनले हरायो। जारी एनपिएलमा सुदूरपश्चिमको यो लगातार तेस्रो जित हो।

प्रकाशित: २२ मंसिर २०८१ १४:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast