सैफको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

हिमाल प्रेस २२ मंसिर २०८१ १०:५२
6
SHARES
सैफको उत्कृष्ट ब्याटिङमा सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

काठमाडौँ-नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४ ओभर गुमाएर निर्धारित २० ओभरमा १८७ रन बनायो। सुदूरपश्चिमका लागि सैफ जैबले सर्वाधिक ९० रन प्रहार गरे। उनले ५ छक्का र ४ चोका प्रहार गरे।

कप्तान दीपेन्द्र सिंह ऐरीले ३९ रनको विष्फोटक ब्याटिङ गर्दै अविजित रहे। उनले १९ बलमा २ छक्का र ४ चौका प्रहार गरे। ब्रान्डोन म्याक मुलेन २३, विनोद भण्डारी १७ र स्कट कुगेलेइनले ११ रन प्रहार गरे। आरिफ सेख भने एक बलमै क्याच आउट भएर बाहिरिए। टस जिते पनि लुम्बिनी किफायती बलिङमा चुक्यो।

लुम्बनीका लागि रामोन सिमोन्डले २ र कप्तान रोहित पौडेल र विवेक यादवले १/१ विकेट लिनबाहेक अन्य बलर चल्न सकेनन्। यसपछि लुम्बिनी ब्याटिङमा उत्रदैछ।

प्रकाशित: २२ मंसिर २०८१ १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast