कोशीका केही स्थानमा हल्का वर्षा हुन्छ : मौसम विभाग

हिमाल प्रेस २२ मंसिर २०८१ ६:३१
4
SHARES
कोशीका केही स्थानमा हल्का वर्षा हुन्छ : मौसम विभाग फाइल तस्बिर।

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभाग लगायत बाँकी तराईका भूभागका साथै उपत्यका क्षेत्रका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ। आज दिउँसो पनि कोशी प्रदेशसहित बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ।

त्यसैगरी बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो हल्का वर्षाको सम्भावना छ। आज राति पनि देशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान महाशाखाको छ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

प्रकाशित: २२ मंसिर २०८१ ६:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast