एनपीएलमा आज : पहिलो खेलमा भिड्दैछन् तन्भिर र धवन, दोस्रोमा राहित र भुर्तेल

हिमाल प्रेस २१ मंसिर २०८१ ७:०८
6
SHARES
एनपीएलमा आज : पहिलो खेलमा भिड्दैछन् तन्भिर र धवन, दोस्रोमा राहित र भुर्तेल

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार कर्णाली याक्स र चितवन राइनोज आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल बिहान ९ बजे सुरु हुँदैछ। कर्णालीबाट भारतीय खेलाडी सिखर धवन र चितवनबाट पाकिस्तानी खेलाडी सोहेल तन्भिर भिड्दैछन्।

लगातार तेस्रो खेलमा जित हासिल गर्ने लक्ष्यमा चितवन रहेको छ भने तेस्रो खेलबाट पहिलो जित निकाल्ने दाउमा कर्णाली छ। आजै हुने दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच खेल हुनेछ। दोस्रो खेल खेल्दै गरेको लुम्बिनी पहिलो जितको खोजीमा रहेको छ।

पहिलो खेलमा बलियो योगफलका बाबजुद पनि पराजित लुम्बिनी आज पहिलो जितको खोजीमा रहेको छ ।

लगातार दुई खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा रहेको छ । पहिलो खेलमा चितवन राइनोजसँग तथा दोस्रो खेलमा जनकपुरसँग पराजित भएको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा ८ टोलीको सहभागिता रहेको एनपीएल पुस ६ गते सम्म चल्ने छ। राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन्।

प्रकाशित: २१ मंसिर २०८१ ७:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast