दक्षिण कोरियाका राष्ट्रपतिविरूद्ध प्रदर्शन

हिमाल प्रेस २० मंसिर २०८१ १५:४१
4
SHARES
दक्षिण कोरियाका राष्ट्रपतिविरूद्ध प्रदर्शन

काठमाडौँ – दक्षिण कोरियामा राष्ट्रपति यून सुक–योलविरूद्ध विरोध प्रदर्शन भएको छ। मुलुकमा सैनिक शासन लगाउने राष्ट्रपति यूनको असफल प्रयासविरूद्ध विरोध प्रदर्शन भएको हो।

पूर्वसैनिकहरूले विरोध दर्ज गराउन आफ्नो कपाल खौरिएका छन्। बिहीबार बिहानै पूर्वसैनिकहरूले राष्ट्रपति कार्यालयअगाडिबाट ¥याली निकालेका थिए। उनीहरूले राष्ट्रपति यूनको राजीनामा माग गरेका छन्।

दक्षिण अफ्रिकामा विरोध दर्ज गराउन कपाल खौरिने पुराना परम्परा रहेको छ। १९६० र ७० को दशकमा सैन्य तानाशाहीविरूद्ध पनि प्रदर्शनकारीहरूले कपाल खौरिएका थिए।

राष्ट्रपति यूनले मंगलबार राति सैनिक शासनको घोषणा गरेका थिए। चौतर्फी विरोध भएपछि उनी सैनिक शासन लगाउने निर्णयबाट पछि हटेका थिए।

सैनिक शासन लगाउने निर्णयका विरूद्ध त्यहाँका विपक्षी दलका सांसदहरूले राष्ट्रपति यूनविरूद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका छन्।

प्रकाशित: २० मंसिर २०८१ १५:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast