आज कति मूल्यमा हुँदैछ सुनचाँदीको कारोबार?

हिमाल प्रेस २० मंसिर २०८१ ११:२४
1.1k
SHARES
आज कति मूल्यमा हुँदैछ सुनचाँदीको कारोबार?

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य वृद्धि भएको छ। बुधबार तोलामा एक लाख ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तीन सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ७ सय रुपैयाँ कायम भएको छ।

आज चाँदीको मूल्य पनि बढेको छ। यसअघि प्रतितोला एक हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८८० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ।

मंसिर लागेसँगै सुनचाँदीको मूल्यमा घटबढ भइरहेको छ।

प्रकाशित: २० मंसिर २०८१ ११:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast