सात करोडका सामान गायब गराउनेलाई कारबाही सिफारिस

हिमाल प्रेस २० मंसिर २०८१ ११:१२
12
SHARES
सात करोडका सामान गायब गराउनेलाई कारबाही सिफारिस

बागमती- हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट सात करोड रुपैयाँ बराबरका सामान गायब गर्नेलाई कारबाही गर्न छानबिन समितिले जनाएको छ। शाखाबाट सामान गायव भएपछि छानबिनका लागि समिति गठन गरिएको थियो।

विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौँडास्थित केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण गायब भएपछि प्राधिकरणले केन्द्रीयस्तरमा गठन भएको छानबिन समितिले सात करोड बराबरका सामान हराएका प्रतिवेदन दिएको थियो।

प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाका अनुसार रमेश पराजुलीलाई सामान बरबुझारथ गर्ने क्रममा अभिलेखअनुसारका सामान नपाइएपछि सामान हराएको वास्तविकता सार्वजनिक भएको हो।

‘खरिद भएका सामानको अभिलेख छ, तर स्टोरमा अभिलेखबमोजिमका सामान छैनन्’, महाशाखा प्रमुख झाले भने, ‘अभिलेखमा भएका सामान कहाँकहाँ छन् भनेर खोज्दै जाँदा कतिपय सामान अन्य प्रदेशमा गएको पनि देखियो, तर सात करोड बराबरका सामान अझै गायब छन्।’

तत्कालीन शाखा प्रमुखलगायत कर्मचारीउपर कारबाही अघि बढाइएको महाशाखा प्रमुख झाले बताए। रासस

प्रकाशित: २० मंसिर २०८१ ११:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast