पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

हिमाल प्रेस २० मंसिर २०८१ १०:४७
8
SHARES
पोखराले जनकपुरलाई दियो १३९ रनको लक्ष्य

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सलाई पोखरा एभेन्जर्सले १३९ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदान टस हारेर ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाउन सक्यो। पोखराका लागि कुनै पनि ब्याट्सम्यानले उत्कृष्ट रन प्रहार गर्न सकेनन्।

म्याथु क्रिस्टले ३५, माइकल लिक्स २५, आन्द्रेस घोष २० रन बनाउन सफल भए। यता जनकपुरका लागि ललित राजव‌शीले ३ विकेट लिँदा जेम्स निसमले २ र किशोर महतो र मोहम्मद मोहसिनले १-१ विकेट हात पारे। अबको केहीबेरमा जनकपुरले ब्याटिङ गर्दैछ।

प्रकाशित: २० मंसिर २०८१ १०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast