
काठमाडौँ- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले एक दिने विद्यार्थी मूल्यांकनसम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेको छ।
शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न भएको कार्यक्रममा आधारभूत तहका शिक्षकहरू (कक्षा १–३) ले आन्तरिक मूल्याङ्कनमा भोग्दै आएको अन्योलता र समस्याको हल हुने विश्वास लिएका छन्।
विद्यालयहरूलाई दरबन्दी नपुग भएको ठाउँमा दरबन्दी थप गर्ने र शिक्षकका समस्या बुझी व्यवस्थापन गर्न नगर प्रमुख बालकृष्ण बस्नेतले आग्रह गरे।
त्यस्तै, तनहुँको भानु नगरपालिकाले बुधबार शिक्षाका गतिविधिहरूका बारेमा छलफल गरेको छ।
बैठकमा छात्रवृत्ति वितरण, शैक्षिक सत्र २०८१ को राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, विद्यालयमा अतिरिक्त क्रियाकलाप सञ्चालन तथा व्यवस्थापनका विषयमा छलफल गरेको छ।
यसैगरी शिक्षकको आन्तरिक सरुवालगायत अन्य कार्यविधिबारे पनि बैठकमा छलफल भएको पालिकाले जनाएको छ।